Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माइराम पोखरी क्षेत्रका अवैध संरचनामाथि वीरगञ्ज महानगरले चलायो डोजर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बीरगञ्ज,१६ फागुन । बीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । यो समाचार तयार पार्दासम्म महानगरपालिकाले ७ वटा घरहरु भत्काइसकेको छ ।

एडभान्स अस्पताल, शान्ति पोलिक्लिनिक सहित ७ वटा संरचनामा डोजर चलिसकेको छ । चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । ‘पोखरीको जमिन अतिक्रमण गरेर संरचना बनेका थिए, निस्सा पेश गर्न आग्रह गर्दा एकदमै कमले मात्रै निस्सा बुझाए,’ उनले भने, ‘आजदेखि निस्सा नबुझाएकाहरुको संरचना माथि डोजर चलाएका छौं, ७ वटा भौतिक संरचना तोडिसकेका छौं ।’

पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना बनेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । यसअघि पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको निस्सा पेश गर्न महानगरले सम्बन्धित व्यक्तिहरुलाई पटक पटक सूचना प्रकाशित गरेर आग्रह गरेको थियो । प्रमाण देखाउन नसकेकाहरुको संरचना भत्काउने महानगरको तयारी छ ।

१५ कात्तिकमा दुई दिन भित्र निस्सा पेश गर्न आग्रह गर्दै महानगरले पत्र काटेको थियो । साथै नगर प्रहरीसहित नक्सा शाखाको टोली सम्बन्धित व्यक्तिहरुकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह समेत गरेको थियो । महानगरले निस्सा नभएका व्यक्तिहरुलाई आफैंले संरचना भत्काएर सामान सुरक्षित ठाउँमा राख्न भनेको थियो ।

०२२ सालको नापीमा पोखरी ४ विघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ । अतिक्रमण गरी निजी भवन, अस्पताल बनाउन थालेपछि पोखरी १८ कट्ठामा मात्रै सीमित बनेको छ । पोखरीको बचेको जग्गामा ‘चिल्ड्रेन पार्क’ बनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट
मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
बिजुलीबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

‘सूर्यभन्दा माथि तारा’ भन्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न प्रचण्डको आग्रह

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद