Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाज

मुआब्जा माग गर्दै अलौंका स्थानीयले बुझाए ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१५ फागुन । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ अलौंका स्थानीयले मुआब्जा माग गर्दै महानगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार स्थानीयले मुआब्जा चलन चल्ति अनुसार पाउनुपर्ने दाबी गर्दै महानगरप्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सुख्खा बन्दर्गाह विस्तारका लागि नेपाल सरकारले  अधिग्रहण गरेको ६२ विगाह जग्गा २०७३ सालदेखि नै खरिद विक्रि हक हस्तान्तरण हुन नसक्ने गरि रोक्का गरेको र २०७६ मा मुआब्जाका लागि मूल्यांकन तय गरिएको भए पनि उचित मुल्यांकन नभएको भन्दै चलनचल्तिको मुल्यांकन गरेर तत्काल मुआब्जा उपलब्ध गराउन स्थानीयले आग्रह गरेका हुन् ।

स्थानीयको ज्ञापन पत्र बुझ्दै महानगरप्रमुख सिंहले मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित निकायमा आफूले पनि दबाब दिने प्रतिबद्धता जनाउनु भयो ।

वर्षौंदेखि मुआब्जाबाट बन्चित हुँदा स्थानीयलाई ठूलो क्षति भएको भन्दै उहाँले तत्काल सम्बोधन गराउन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताउनु भयो ।

स्थानीयले संघर्ष समिति नै बनाएर मुआब्जा तत्काल पाउनुपर्ने माग राख्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

उनीहरुले आजै पर्साका प्रमुख जिल्ला अधिकारी र  सुख्खा बन्दरगाह कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ फाल्गुन १५,सोमबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ फाल्गुन १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद