Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज–१६ नगवा स्थित नेशनल मोडेल स्कूलको चौथो वार्षिकोत्सव सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, १३ फागुन । वीरगंज महानगरपालिका वडा न. १६ नगवा स्थित नेशनल मोडेल स्कूलले आफ्नो चौथौं बार्षिकोत्सव एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेको छ ।

स्कूल परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशको वन तथा पर्यटन राज्य मन्त्री रहबर अन्सारीले गमलामा पानी हालेर कार्यक्रमको उदघाटन गर्दै छोटो समयमा यो स्कूलले गरेको प्रगति सराहनीय रहेकोमा बधाई दिदै अझै प्रगतिको कामना गरेका थिए । कुनै पनि स्कूलका संचालकले स्कूललाई नाफामुलक व्यवसायको रुपमा मात्र नहेरी आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विद्यार्थीहरुको भविषय उज्जवल बनाउने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

अभिभावकहरुले आफ्ना बालबालिकालाई स्कूल पठाए सबै थोक ठिक हुन्छ् भन्ने मानसिक्ता त्यागी घरमा पनि पढाईका साथै शिक्षाको मुल्य मान्यता र संस्कार दिन आग्रह गर्दै मन्त्री अंसारीले अहिलेको आधुनिक युगमा जति पनि प्रविधिको विकास भए पनि शिक्षक, शिक्षिका र आमा बुवा जस्तो शिप र ज्ञान कसैले दिन नसक्ने दाबी गरेका थिए ।

स्कूलका सञ्चालक महम्मद रोज मियाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज–१६ का वडाध्यक्ष परशुराम प्रसाद चौरसिया, मधेश प्रदेश सरकारद्धारा नियुक्त अधिवक्ता सुनिल यादव, वडा नं. १६ का वडा सदस्य मुन्ना साह लगायतको स्कूलको उ त्तरोतर प्रगतिको कामना गर्दै शुभकामना मनतव्य राखेका थिए ।

सुभाष गुप्ताले सहजीकरण गर्नुभएको कार्यक्रममा मदर्सा मिफताहुलका प्रधानाध्यापक अमिर मियाँ, बाराको विश्रामपुर गा.पा.का स्वास्थ्य संयोजक अलि अकबर, त्यसैगरी डा. संजय साह, ईजरायल अंसारी, सञ्चारकर्मी अजय चौरसिया, श्रवण प्रसाद साह, दिपेन्द्र गिरी, मानिकचन साह लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा जितेका विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि मन्त्री अंसारीले शिल्ड र प्र्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा स्कूलका छात्र छात्राहरुले आफ्नो संस्कृति झल्कने विभिन्न गित संगितमा नृत्यहरु प्रस्तुत गर्दै सहभागीहरुलाई मनोरञ्जन गराएका थिए ।

साभार : हाम्रो नेपाल दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद