बिरगंज,१३ फागुन । बिरगंज छपकैया-३ स्थित माउंट स्टार माध्यमिक विद्यालयको २३ औ वार्षिक उत्सव एस बाबा पार्टी प्यालेशमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विभिन्न प्रतिभा दर्शाएका साथै वार्षिक स्पोर्ट्सका विजेताहरुलाई मेडल र सर्टिफिकेट पनि वितरण भएको थियो।
कार्यक्रा प्रमुख अतिथि ३ नम्बर वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार , विशिष्ट अतिथि समाजवादी विद्यार्थी युनियनका नेता तथा ठाकुरराम बहुमुखि क्याम्पसका स्वयु सभापतिका उम्मेदवार मो. सगीर अली थिए ।
आफनो मन्तव्य राखदै विद्यार्थी नेता सगिर अलिले माउंट स्टार स्कूललाई २३ वर्ष पुरा गरेकोमा बधाई दिदै बिद्यालयको प्रगति र उन्नतिको कामना गर्नुका साथै विद्यार्थीलाई अनुशासित र आज्ञाकारी हुन सुझाव दिनुभयो।
उक्त विद्यालयकी शिक्षिका नाजिया खातुनले वार्षिक उत्सवको तयारीको लागि विद्यार्थी र शिक्षकहरूले धेरै मेहनत गरेका र बिद्यालयले विद्यार्थीको चौतर्फी विकासको सबै प्रयास गर्दै आएको जानकारी समेत दिनुभयो।