वीरगञ्ज,०९ फागुन । पर्साको ठोरी गाउँपालिकामा मंगलबार बिहान स्कारपियोको ठक्करबाट १३ वर्षीय एक बालकको मृत्यु भएको छ।
बाग्मती प्रदेश ०१-०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्कर बाट ठोरी गाउँपालिका- ४ विजयवस्ती बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
वडा- ४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको स्कारपियो गाडीले बिहान साढे आठ बजे कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए।
उनको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा सवाँ दस बजे मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए। ठक्कर दिएर भागेको गाडी र चालक चितवन माडी ३ बस्ने २५ वर्षीय पदम बिलास पन्तलाई प्रहरीले पक्राउ गरेको गिरीले बताए।