Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अहमदिया संघको आठौं वार्षिक जलसा सालाना सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०७ फागुन । पर्साको विन्दवासिनी गाउँपालिका वडा नंबर ५ प्रसौनीभाठामा अन्र्तराष्ट्रिय अहमदिया संघको आठौं वार्षिक जलसा सालाना ( सम्मेलन) सम्पन्न भएको छ । प्रसौनीभाठा स्थित मसरुर पब्लिक आधारभुत विद्यालय परिसरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताले मानव कल्याणको लागि सवै धर्मावालम्बीहरु लाग्नुपर्ने धारणा राखे ।

सम्मेलन सफलताको शुभकामाना दिदै नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले सवै धर्मका मानिसहरु एक आपसमा मिलेर देश बिकाशमा जुटन अनुरोध गर्नुभयो ।

अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा जमात अहमदिया संघका सदर मोइन अहमद , प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री , विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया, पुर्व उपाध्यक्ष किरण गुप्ता,वडा अध्यक्ष मोहन राउत अहिर लगायतको सहभागिता रहेको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए । दुइ दिने जलसा सम्मेलनमा नेपालको झापा, सुनसरी, सप्तरी, सिरहा, काठमाडौं, तनहुँ, चितवन र धनगढी जिल्लाका साथै भारतबाट आएका प्रतिनिनधीहरुको पनि सहभागीता थियो ।

अनलाईन वीरगञ्ज

कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ भारतका मुनिर अहमद हाफिजाबादी साहबले भारतको पञ्जाबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष पहिले कादियानबाट शुरु गरेको जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशमा आयोजना गर्ने गरिएको जानकारी दिए ।

अनलाईन वीरगञ्ज

उनले अहमदिया मुस्लिम जमात एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमात भएको र यसको राजनीतिसँग कुनै सरोकार नभएको बताए । कार्यक्रममा क्रिश्चियन समाज नेपालका अध्यक्ष प्रेम घिमिरे , ब्रहम कुमारी राजयोग सेवा केन्द्रका धर्मगुरु कुमेस कुमार, सिख समाज नेपालका अध्यक्ष रंजित सिंह लगायतले सबै धर्मगुरु र पवित्र पुस्तकको सम्मान गर्नु पर्नेमा जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद