Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा शान्ति सुरक्षा राख्न कटिबद्ध रहेको : प्रहरी उपरीक्षक बोगटी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०४ फागुन । बारामा शान्ति सुरक्षा राख्न कटिबद्ध रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवंम प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराएका छन् । प्रहरीको मुख्य काम शान्ति सुरक्षा कायम राख्नु हो । उक्त कार्यमा बाराको सम्पूर्ण प्रहरी लागिपरेको बताएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन देखि हालसम्म जिल्लामा शान्ति सुरक्षा कायम सफल भएको बताउँदै  प्रहरी उपरीक्षक बोगटीले  जिल्लामा भएको विभिन्न जघन्य अपराधमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न सफल भएको बताएका छन् ।

साथै एक दिनमा ३३२ फरार प्रतिवादीलाई पक्राउ गरी नयाँ रेकर्ड कायम गर्न सफल भएको बताएका छन् । बारा जिल्लामा मिति २०७९ साल श्रावण ४ गते विश्रामपुर गाउँपालिका वडा नं ५ बस्ने राजकुमार ठाकुरको प्रेमप्रस्ताव राख्ने बालकको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको थियो ।

त्यस्तै भदौ ३० गते कलैया उप- महानगरालिका वडा नं ०७ बस्ने सौतेनी आमा तेतरी देवीको हत्या संग्लन छोरा र श्रीमनलाई पक्राउ गरिएको थियो । पौष ०८ गते बरियारपुर होटल भारतीय नागरिक शिवपुजन यादवलाई छातीमा गोली हानी हत्या गरेको  आरोपमा भारत बिहार जिल्ला मोतीहारी थाना घोडासहन ग्राम सेखावना वडा नं ०१ बस्ने प्रमोद रामलाई सोही दिन पक्राउ गरिएको थियो।

माघ ०९ गते कलैया उप – महानगरालिका वडा नं ०४ स्थित डेराकोठामा बस्दै आएको संयोज शर्माले आफ्नै श्रीमती आशा देवी शर्मालाई कर्तव्य गरी मारी बनावटी घटना बनाउन खोजेमा पनि श्रीमान संयोजलाई पक्राउ गर्ने सफल भएको जानकारी प्रहरी उपरीक्षक बोगटी दिएका छन् । त्यस्तै ५० लाख बराबरको खाने तेल चोरी गरी बिक्री वितरणमा संलग्न ४ जनालाई गरिएको थियो ।

साथै प्रहरी उपरीक्षक बोगटीको नेतृत्वमा भंसार चोरी निकासी / पैठारी सम्बन्धीमा ६ करोड ९ लाख ४३ हजार ४ सय ५४ रुपैयाँको राजस्व दाखिला गर्न सफल भएको छ। भने  ६ महिना ५ सय ६४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकले देखिएको छ।

यस्तै ६ महिनामा मोटरसाइकल चोरीको २० वटा मुद्दामा २९ जनालाई , ६ वटा हातहतियार मुद्दामा ८ जना , २ वटा खोटाचलन मुद्दामा ५ जना , ५० वटा लागुऔषध मुद्दामा ५० जनालाई पक्राउ गरिएको छ। भने ५ सय केजी लागुऔषध  गाँजा , २४ केजी लागुऔषध चरेस, २ केजी लागुऔषध हफिम ,३ हजार ३ सय ३७ पिस ड्राइजेपाम ,३ हजार ३ सय ४३ पिस नुफिम , ३ हजार ३ सय ९७ पिस फेनागन ,  २ हजार ८४ पिस नाइट्रभेट , र ६ सय ६० पिस कोरेक्स पक्राउ गरिएको छ।

साथै प्रहरी उपरीक्षक बोगटीले जिल्लालाई खुला मदिरा मुक्त बनाउने अभियान सञ्चालन गरिएको  छ।उक्त अभियान अन्तर्गत प्रहरी उपरीक्षक बोगटीको नेतृत्वमा तयारी मदिरा  २१ हजार लिटर , कच्चा पदार्थ एक लाख ६१ हजार एक सय  ८० लिटर सहित जिल्ला भरीमा ७१ वटा मदिरा भट्टी नष्ट गरिएको छ ।

भने खुल्ला मदिरा उत्पादन वा बिक्री वितरणमा संलग्न २५ जनालाई पक्राउ गरी बारामा शान्ति सुरक्षा कायम गरेका छन्।

साभार : शुभ आरम्भ राष्ट्रिय दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद