Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको घण्टाघरमा यही फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेला हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०४ फागुन । वीरगञ्जमा रात्री सांस्कृतिक तथा खाना मेला हुने भएको छ । वीरगञ्ज कलेजले दसौँ स्थापना दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाको सहयोगमा यही फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेलाको आयोजना गर्न लागेको हो ।

आगामी शुक्रवार र शनिवार बेलुका ३ बजेदेखि राति १० बजेसम्म घण्टाघर नजिकैको बी.पी उद्यान फुटपाथमा रात्री सांस्कृतिक तथा खाना मेला हुने वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले जानकारी दिए ।

डा. चौधरीका अनुसार विद्यार्थीहरुमा सिक्दै कमाउँदैको अवधारणा विकास गर्न, वीरगञ्ज महानगरपालिकाको रात्री बजारको अवधारणालाई साकार पार्न एवम् बारा पर्साको लोक संस्कृति तथा परम्परागत खानाको प्रबद्र्धन गर्ने अभिप्रायले मेलाको आयोजना गरिएको हो । नेपाल सरकारले अघि सारेको स्टार्टअपको अवधारणालाई पनि मेलाले सघाउ पुग्ने डा. चौधरीको विश्वास छ ।

मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिकासँगै कलेजको अतिरिक्त क्रियाकलाप कोष एवम् प्रायोजक तथा सहप्रायोजकहरुबाट प्राप्त भएको आर्थिक सहयोगबाट मेला सम्पन्न हुने कलेजका प्रधानाध्यापक बिनोद गुप्ताले जानकारी दिए । प्रधानाध्यापक गुप्ताका अनुसार मेलामा कम्तीमा २५ वटा स्टल राखिनेछ । जसको जिम्मेवारी कलेजकै विद्यार्थीहरुको समूहलाई प्रदान गरिनेछ ।

स्टलहरुमा राखिएका विभिन्न परिकारका खाना विक्री वितरणबाट प्राप्त भएको आय विद्यार्थीहरुको नै हुने र त्यसबापत कलेजले कुनै पनि किसिमको शुल्क नलिने गुप्ताले बताए ।

खानाका परिकारसँगै भोजपुरी गायक सुनिल पण्डित, कलेजकै विद्यार्थी तथा पूर्व विद्यार्थीहरु, आर्जु देवकोटा, राजन गिरी, रेबिका महर्जन, चन्दन प्रजापति लगायतका कलाकारहरुको प्रस्तुती पनि हेर्न पाइने कलेजले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मेलामा निःशुल्क रुपमा प्रवेश गर्न पाइने पनि कलेजले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद