Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगर हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : प्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०४ फागुन । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको बताउनुभएको छ।

महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हराभरा बनाउनेतर्फ महानगर लागिपरेको प्रमुख सिंहको भनाई छ ।

रुख रोप्नु मात्रै नभएर त्यसको संरक्षणका लागि पनि महानगरले योजना बनाएको उहाँले बताउनु भयो ।

वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो ।

अभिमुखीकरणमा प्रशिक्षण दिँदै वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताउनुभयो । मियाँले वनमार्फत समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नु भयो ।

समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्ष एवम् सचिवहरुको लागि आयोजित अभिमुखीकरणका अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पार्नुभएको थियो । तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको उहाँले बताउनु भयो ।

हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसँगै वनमार्फत यसलाई न्युनिकरण गर्न सकिने बारेमा पनि उहाँले जानकारी गराउनु भयो ।

औद्योगिकरण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नु भयो । साथै पृथ्वीको सुरक्षाका लागि रुख रोप्नुको विकल्प नरहेको पनि उहाँले बताउनु भयो । मियाँका अनुसार नेपालसँग १२ लाख मेट्रिक टन कार्वन उत्सर्जन गर्ने क्षमता छ ।

अभिमुखीकरणमा वन प्राविधिक दशरथ रौनियारले पनि वनमा आधारित उद्यमका बारेमा जानकारी गराउनु भएको थियो । वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक एवम् वित्तिय संस्थाबाट ऋण लिँदा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नमिल्ने पनि उहाँले जानकारी गराउनु भयो ।

अभिमुखीकरणमा सहभागी वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्राले वडालाई अधिकार नदिँदासम्म सिकेका कुरालाई व्यवहारिक बनाउन नसकिने बताउनु भयो ।

अभिमुखीकरण एवम् तालिममा सिकेका कुरालाई लागु गर्नका लागि वन संरक्षण एवम् वृक्षरोपण लगायतका कार्यका लागि वडाहरुलाई पनि आवश्यक बजेट उपलब्ध गराउनुपर्ने वडाअध्यक्ष मिश्राको माग थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ फाल्गुन ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद