Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पानीटंकी क्षेत्रका प्याथलोजी सेन्टरहरुमा महानगरको अनुगमन, अधिकांस स्वीकृति बेगर नै संचालनमा, बन्द गर्न निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ फागुन । वीरगञ्जको पानीटंकी क्षेत्रमा रहेका अधिकांस प्याथलोजी सेन्टरहरु स्वीकृति बिना नै संचालनमा रहेको भेटिएको छ ।

महानगरपालिकाद्धारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिले गरेको अनुगमनका क्रममा वडा नम्वर ८ पानी टंकी क्षेत्रमा रहेका प्याथोलोजी सेन्टरहरु स्वीकृति बिना नै संचालनमा रहेको भेटेको हो ।

पानीटंकीमा रहेको सिटी डाइग्नोष्टिक सेन्टर स्वीकृति बिना संचालन हुनुका साथै म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गर्ने गरेको भेटिएको अनुगमन समितिका संयोजक समेत रहेका वडा नम्वर १८ का वडाध्यक्ष उमाशंकर तिवारीले जानकारी दिनुभयो ।

यस्तै नेहा फार्मेसी, जय बजरंग प्याथोलोजी, ओम प्याथोलोजी सेन्टर पनि मापदण्ड बिपरित संचालनमा रहेको भेटिएको महानगरका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिनुभयो ।

यस्तै सोही ठाउँमा रहेको जीवन दीप एक्स रे पनि विना दर्ता नै संचालनमा रहेको फोला परेको छ ।

अनुमति नलिई संचालन गरिएको प्याथालोजी तथा एक्स रे सेन्टरलाई स्वीकृति नलिएसम्म बन्द गर्न पनि समितिले निर्देशन दिएको छ ।

अनुगमनका क्रममा आज पहिलो पटक चेतावनी दिएर फर्किएको र भोली फेरि अनुगमनमा जाँदा प्रकृया नपुर्याइ खुलेको भेटिए सील गरेर कारबाही प्रकृया अघि बढाउने समितिका संयोजक तिवारीले बताउनुभयो ।

महानगरपालिकाले नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि अनुगमनलाई अघि बढाएको हो ।

समितिका संयोजक तिवारी नेतृत्वको अनुगमन टोलीमा स्वास्थ्य शाखा प्रमुख रितेश जयसवाल, कानुन अधिकृत ईश्वर बराल, नर्सिङ् अधिकृत इन्दिरा लोहनी लगायत रहनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद