Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारायणीमा क्रिकेट लिग सुरु, मेयर सिंहले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०२ फागुन । पर्सा क्रिकेट संघको आयोजनामा आजदेखि वीरगञ्जको नारायणी रंगशालामा लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुहुँदै खेल क्षेत्रको विकासका लागि महानगर सहयोग गर्न सदैब तयार रहेको बताउनुभयो ।

उहाँले वीरगञ्जको पहिचान देशभर र विदेशमा समेत फैलाउने गरी आफ्नो प्रदर्शन देखाउन खेलाडीहरुलाई आग्रह पनि गर्नुभयो ।

९ गते सम्म चल्ने प्रतियोगितामा वीरगञ्जका विभिन्न ८ वटा टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड क्लब विजयी भएको छ ।

नेशनल इन्फोटेकलाई ४ विकेटले पराजित गर्दै युनाइटेडले विजयी सुरुवात गरेको हो ।

टस जितेर व्याटिङ गरेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय रनमै समेटिन पुग्यो । १०१ रनको लक्ष्यका साथ मैदान उत्रिएको युनाइटेड १७ ओभर ३ बल खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

युनाइटेडको जितमा सुरज पटेलले ३९ रनको योगदान दिए भने सन्तोष कार्कीले २४ रन जोडेका थिए ।

यस्तै आजै भएको दोस्रो खेलमा किन्लिस स्पोर्टस विजयी भएको छ ।

वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले पराजित गर्दै किन्लिसले विजयी यात्रा तय गरेको हो ।

टस जितेर व्याटिङ थालेको वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टर १२ ओभर ३ बल खेल्दै ५२ रन बनाएर अलआउट हुन पुग्यो । ५३ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको किन्लिसले ११ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चन्दन रामले लिएको ४ विकेट किन्लिसका लागि जित तय गर्ने बाटो खुल्यो ।

प्रतियोगिता अन्तर्गत भोली पनि २ खेल हुने आयोजक पर्सा क्रिकेट संघका अध्यक्ष मुर्तुजा अहमदले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ फाल्गुन २,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ फाल्गुन २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद