Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ फागुन । वीरगंजमा हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । दिउँसै हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

गत बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित रेल्वे सडकखण्डबाट उक्त गिरोहलाई पक्राउ गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा र वडा नम्बर २४ रामगढवा निवासी बिजय महतो रहेका छन् ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी पनि पक्राउ परेको प्रहरी उपरीक्षक शाहले बताए । उनका अनुसार रामगढवाका बिजय महतो गिरोहका मुख्य व्यक्ति हुन् ।

प्रहरी उपरीक्षक शाहका अनुसार उक्त गिरोहले वीरगञ्जका बिशाल कुमार पटवालाई हतियार देखाएर अपहरण गरी लुटपाट गरेको थियो । पटवाको अपहरण भएको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाबाट उद्धार गर्न सफल भएको पनि प्रहरी उपरीक्षक शाहले जानकारी दिए । गिरोहले पटवाको साथबाट ६ लाख ५० हजार रुपैयाँसमेत लुटपात गरेको थियो ।

उक्त गिरोह भारतका विभिन्न घटनाहरुमा पनि संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले उनीहरुको साथबाट अपहरणमा प्रयोग गरिएको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगदसहित ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ परेका आठै जनालाई अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०७९ फाल्गुन १,सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०७९ फाल्गुन १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद