Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले सुरु गर्यो निशुल्क लोकसेवा तयारी कक्षा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २८,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२८ माघ । वीरगञ्ज महानगरपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभाबमा तयारी गर्न नसकेकाहरुलाई लक्षित गर्दै निशुल्क तयारी कक्षा सुरु गरिएको हो ।

तयारी कक्षाको शनिबार महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको छ । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको  महानगरप्रमुख सिंहले बताउनुभयो ।

निजामति प्रशासन, शिक्षक तथा सुरक्षा क्षेत्रमा यहाँका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै महानगरले युवाका लागि तयारी कक्षा संचालन गरेको पनि उहाँले बताउनु भयो ।

तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुषको सहभागिता रहेको छ ।

महानगरले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागिहरुले बताएका छन् ।

महानगरले निशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिन पर्ने बाध्यता हटेको उनीहरुको भनाई थियो ।

राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै महानगर प्रमुख सिंहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउन भनेर तयारी कक्षा अघि बढाइएको उहांको भनाई थियो ।

तयारी कक्षामा वीरगञ्जका मात्रै नभई पर्सा बारा लगायत विभिन्न स्थानका युवाहरुको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनले तयारी कक्षा अगाडी बढाएको हो ।

सहभागीहरुलाई धनञ्जय कुमार सिंह, सुरज राम, श्यामबिनय चौधरी, सुरज कुमार यादव र हेमन्त यादवले प्रशिक्षण दिनुहुने छ ।

शनिबार आयोजित तयारी कक्षा उद्घाटन सत्रमा वडा नम्बर ४ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, कार्यपालिका सदस्य कनिका कौसिक, महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, सामाजिक विकास शाखा प्रमुख राजिब गिरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनका संचालक बंसी गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०७९ माघ २८,शनिबार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०७९ माघ २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद