Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मापदण्ड विपरित बनेका संरचनामा वीरगञ्ज महानगरले चलायो डोजर, हटाइयो २ वटा संरचना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २७,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ माघ । सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरेर संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले तिब्रता दिएको छ ।

महानगरले शुक्रबार नियम विपरित निर्माण गरिएका वडा नम्वर १२ र १४ मा रहेको २ वटा संरचना हटाएको छ ।

वडा नम्वर १२ बाइसापस सडक नजिकै सडक अतिक्रमण गरेर नक्सा पास नै नगरी निर्माण गरिरहेको संरचना महानगरले हटाएको हो ।

वडा नम्वर १२ मा रहेको कि.नं. १३६ मा विनोद अग्रवालले ढलान सडक नै अतिक्रमण गरेर नक्सा पास विना नै पक्कि घर निर्माण गरिरहेको पाइएपछि महानगरले डोजर लगाएर संरचना हटाएको हो ।

यस्तै महानगरले वडा नम्वर १४ लिंक रोड नजिकै निर्माण गरिएको संरचना पनि डोजर लगाएर हटाएको छ ।

नक्सा पास भए पनि त्यस विपरित वाउण्ड्रि वाल लगाएको भेटिएपछि वाल भत्काइएको हो । स्थानीय रिता देव शरण यादवले आउजाउ गर्नै असहज हुने गरी सडक अतिक्रमण गरेर नक्सा विपरित वाउण्ड्री वाल लगाएका थिए ।

यादवको नाउँमा रहेको कि.नं. ३६३ र ३६५ मा बनेको घरको वाउण्ड्री वाल मापदण्ड विपरित रहेकाले महानगरले हटाएको हो ।

मापदण्ड विपरित निर्माण गरेको संरचना हटाउन यस अघि नै महानगरको टोली पुगेको भए पनि रिता देवी यादव र देव शरण यादवले जिल्ला अदालत पर्सामा निषेधाज्ञाको माग गर्दै मुद्धा दायर गरे पछि हटाउन सकिएको थिएन ।

जिल्ला अदालत पर्साले वादीको माग बमोजिम आदेश जारी गर्न प्रमाण नपुगेको भन्दै मुद्धा खारेज गरेपछि महानगरले आज डोजर लगाएर वाउण्ड्री वाल हटाएको हो ।

मापदण्ड विपरित बनेका संरचना र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउँदै जाने नीति बमोजिम महानगरले काम गरिरहेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

महानगरले बिहीबार पनि वडा नम्वर ८ मा नगर विकासको जग्गामा बनेको संरचना हटाएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद