वीरगञ्ज,२५ माघ । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई १५१ किलोको मालाले सम्मान गरिएको छ ।
वडा प्रहरी प्रमुखको रुपमा १० महिना विताएका मल्लले शान्ति सुरक्षा र अमन चयनमा सर्हानीय काम गरेको भन्दै १५१ किलोको मालाले सम्मान गरिएको हो ।
वीरगञ्जको आदर्शनगर चोकमा आयोजित कार्यक्रमकाबीच मल्ललाई नागरिक अभिनन्दन सहित विदाई गरिएको हो ।
विदाई कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम तथा विभिन्न २ दर्जन भन्दा बढी संघसंस्थाले संयुक्त अभिनन्दन गरेका हुन् ।
थानकोट सरुवा भएका मल्ल बिहीबार वीरगञ्जबाट जाँदैछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस