Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको अव्यवस्थित तरकारी तथा फलफुल बजार गिता मन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २३,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२३ माघ । वीरगञ्जको माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटीमा हुँदै आएको तरकारी तथा फलफुल बजारलाई गिता मन्दिर नजिक रहेको खाली जग्गामा व्यवस्थापन गरिएको छ ।

मिना बजार क्षेत्रको सडक पेटीमै लाग्ने गरेको तरकारी तथा फलफुल बजारले आउजाउमा असहज भए पछि वीरगञ्ज महानगरपालिकाले गिता मन्दिर नजिकको खाली जग्गामा व्यवस्थापन गरेको हो ।

महानगरले गएको बुधबार सूचना जारी गर्दै माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटी, २ र ३ नम्वर रोड आसपासको सडकपेटीमा अव्यवस्थित तरकारी बजार लगाइरहेकालाई गिता मन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण हुन आग्रह गरेको थियो ।

त्यस क्षेत्रको सडक पेटीमा व्यवसाय गर्दै आएका फलफुल तथा तरकारी व्यवसायीहरु सोमबारबाट गिता मन्दीर नजिकको खाली जग्गामा पसल संचालनका लागि स्थानान्तरण भएका छन् ।

  • महानगरपालिकाको नगर प्रहरी र सरसफाई शाखाका प्रतिनिधिको रोहबरमा व्यवसायीलाई पसल संचालनका लागि खाली जग्गामा व्यवस्थापन गरिएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बजार व्यवस्थित बनाउन सडक पेटीमा अव्यवस्थित रहेका तरकारी तथा फलफुल बजारलाई खाली ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

सोही बमोजिम सोमबारदेखि सडक पेटीमा यात्रु आउजाउ गर्नै नमिल्ने गरी थापिएका तरकारी तथा फलफुल पसललाई खाली जग्गामा स्थानान्तरण गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।

महानगरपालिकाले माइस्थान तथा मिना बजार क्षेत्रको सडक तथा सडक पेटीमै हुने गरेको तरकारी तथा फलफुल बजार स्थानान्तरण गरेसँगै यात्रुलाई आउजाउमा सहज भएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ २३,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद