Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गुणस्तरीय सामग्री प्रयोग गरेर मात्रै सिर्सिया पुल निर्माण गर्न ठेकेदारलाई मेयर सिंहको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२३ माघ । पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन सामग्री प्रयोग गरेर सिर्सिया खल्वाटोलामा पुल निर्माण गरिरहेको भेटेपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्माण रोक्का गर्न लगाएका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सिया खल्वाटोलामा निर्माणाधिन पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरेर पप्पुले ढलान सुरु गर्न लागेको थियो ।

सोमबार अनुगमनमा पुगेका महानगर प्रमुख सिंहले ठेकेदार कम्पनीले बालुवा प्रयोग गर्न पर्नेमा पांगो माटो प्रयोग गरेर ढलान गर्न लागेको भेटेपछि काम रोक्न निर्देशन दिनुभएको उहाँको स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

सघन सहरी विकास आयोजनाले गएको २०७४ मै पुल निर्माणका लागि ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले निर्माण अलपत्र पारेर छाडेको थियो ।

महानगर प्रमुखमा निर्वाचित भएर आएसँगै मेयर सिंहको प्रयासमा ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थियो ।

तर अहिले पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि महानगरप्रमुख सिंहले काम रोक्नुका साथै स्टिमेट अनुसारको सामग्री प्रयोग गरेर मात्रै काम अघि बढाउन दिर्नेशन दिएका छन् ।

यता सघन सहरी विकास आयोजना कार्यालय वीरगञ्जका प्रमुख झपट बहादुर थापाले पप्पुले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आए पछि काम रोकेको बताएका छन् ।

‘महानगर प्रमुखले जानकारी गराएपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरु पनि साइटमा पुगे,’ उनले भने ‘त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि आफूहरुले ठेकेदार कम्पनीलाई काम रोक्न लगाएका छौँ ।’ गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेका संरचना हटाउन र पुनः गुणस्तरीय सामग्री राखेर निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको पनि उनले बताए ।

सघन सहरीले महानगरका विभिन्न १७ सडकको ठेक्का लगाउँदा उक्त पुल पनि एकै पटक सोही ठेक्कामा पप्पुले सकार गरेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ माघ २३,सोमबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ माघ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद