Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बीरगंजको कृषि औजार कारखानाका केही मेशिन सञ्चालनमा : वैज्ञानिक पुन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २१,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२१ माघ । कृषि औजार कारखानाका केही मेशिनहरू सञ्चालनमा आएको महावीर पुनले बताएका छन् ।

विगत ३० वर्षदेखि नचलेका दुर्ईवटा लेथ मेशिन, एउटा मिलिङ मेशिन, एउटा स्क्रू डाई प्रेस मेशिन, न्युमेटिक डाई प्रेस, पञ्चिङ मेशिन र ओभरहेड क्रेन मेशिन बनाएर सञ्चालनमा आएको उनले बताए ।

पुनले कारखानाका अधिकांश मेशिन मरम्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताए । त्यसका लागि इन्जिनीयर र टेक्निसियनहरूको टीम लागिपरेको बताए । केही मेशिनहरू मरम्मत गर्दा त्यसले काम गरिरहेको बताए ।

उनका अनुसार कृषि औजारका मेशिनहरू यसभन्दा पहिले इन्जिनीयर र टेक्निसियनले कहिल्यै नदेखेको हुनाले मेशिन खोलेर अध्ययन गरी सञ्चालनमा ल्याउने प्रयास गरिरहेको बताए । उनले तीस वर्षसम्म नचलेको तेलबाट चल्ने फलाम तताउने भट्टीहरू बलेको र फलामलाई रातो हुने गरी तताइएको बताए । तातो फलामलाई पिट्ने पावर ह्यामर पनि चलेको उनले बताए ।

फलामको पातालाई काट्ने डाई प्रेस मेशिनले पनि काम गरेको बताए । त्यो पातालाई अर्काे डाई प्रेस मेशिनले थिचेर बेल्चा बनाइएको बताए । साथै मिलिङ, रड काट्ने मेशिनसहित अन्य मेशिन पनि मरम्मतपछि चल्न थालेको बताए । पुनले दुर्ई हप्तापछि केही औजारको नमूना बनाउन सकिने र बनेको खण्डमा ती औजारहरू किसानलाई उपलब्ध गराउने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ माघ २१,शनिबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ माघ २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद