वीरगन्ज ,२० माघ । पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ३ रामनगरमा भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छ्न् ।
शुक्रबार जंगलबाट घाँस लिएर फर्कने क्रममा रामनगरकी सुकमाया तामाङलाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान् बिबिलाल लाेप्चन पनि घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए ।
जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने श्रीमान् बिबिलालको अवस्था भने सामान्य रहेको छ । घाइते दुवैकाे वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस