वीरगञ्ज,१९ माघ । पर्साको बिन्दाबासिनी गाउँपालिकाले विभिन्न विपदबाट प्रभावित ३२ जनालाई ५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने भएको छ ।
आगलागी, वर्षा, हावाहुरी, आगजनी, पानी, रुख ढलेको तथा हुरीले घर एवं सामानमा क्षति पुगेका ३२ जनालाई राहत वितरण गर्न लागिएको हो । प्रमुख प्रशासकीय अधिकृत राजु साहले सूचना निकालेर ०७५ सालदेखि हालसम्म प्राकृतिक विपदबाट घर तथा सामानहरुमा क्षति भोगेका ३२ जनाको नामको सूची नै सार्वजनिक गर्नुभएको छ ।
कनैया दास तत्वा, इजरायल अहमद, चन्द्रिका पडिंत, असमुलाह अन्सारी, शंकर लगायतको नाम सूचीमा छ । वडा नम्बर २, ३, ४ र ५ का ३२ जनालाई माघ २२ गते जनही ५ हजार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिनुभयो ।
थप जानकारीका लागि कार्यालयका नायव सुब्बा रामप्रवेश साहलाई मोबाइल नम्बर ९८५५०२१३२७ मा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ ।