Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साबासीको शान्ति सुरक्षा कायम राख्न आफु कुनै कसर बाँकी नराख्ने : प्रजीअ रेग्मी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १९,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न आफु कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै वीरगञ्ज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउने बताउनुभयो ।

पर्सा जिल्लामा सरकारी कार्यालयहरु लगायत सम्पूर्ण सेवाहरुको सुशासनको प्रबद्र्धन गरिने, जिल्लाको शान्ति सुरक्षा, सिमावर्ती लगायतका क्षेत्रहरुमा गैरकानूनी आर्थिक क्रियाकलापको नियन्त्रण तथा विकास निर्माणको क्षेत्रमा भइरहेको ढिलाई न्यून गरेर विकास निर्माणको काम तिव्रतर रुपमा अधिबढाउन सम्बद्ध पक्षलाई निर्देशन दिने बताउनुभयो ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो । उहाँले वीरगंज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने बताउँदै वीरगंजमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, सिसिटिभी परियोजनाको लागि बजेट विनियोजनको लागि प्रजिअ रेग्मीसँग आग्रह गर्नुभयो ।

आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष अशोक बैद्य, उपाध्यक्ष माधव राजपाल, कार्यसमिति सदस्य शिवजी प्रसाद कलवार, निरज अग्रवाल, मुर्लीधर जलानले पर्साको बिभिन्न क्षेत्र संग सम्बन्धीत बिषयहरुमा आ–आफ्ना धारणा राखेका थिए ।

भने कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष हरि गौतम तथा सहजीकरण महासचिव मनोज दासले गर्नु भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य महिला उद्यमी, तथा उद्योगी ब्यापारीहरुको बृहत उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ १९,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद