वीरगञ्ज । प्रतिबन्धित लागु औषधसहित जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेट अगाडीको बाटो भएर पैदल हिँडीरहेका २ जनालाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको नियमित चेकिङ् टोलीले पक्राउ गरेको हो ।
अवैध रुपमा लगु औषध भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले शंकास्पद अवस्थथामा हिँडीरहेका २ जनालाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय नितेश गुप्ता र भारत बिहारको बेतिया ग्राम कुढवा मठिया ७ का २१ वर्षीय मंदिप यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । प्रवक्ता बुढाथोकीका अनुसार उनीहरुको साथबाट २० पत्तामा रहेको ६ सय पिस नाइट्राभेट बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको बुढाथोकीले बताए ।