Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका वडाध्यक्षहरुलाई भूमि आयोगको प्रशिक्षण, भूमिहीनको समस्या समाधानमा वडाध्यक्षहरु सक्रिय हुनुपर्नेमा जोड 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १८,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ माघ । राष्ट्रिय भूमि आयोग पर्साले बुधबार वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष तथा सचिवहरुलाई प्रशिक्षण दिएको छ ।

महानगरमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि खेल्नु पर्ने भूमिकाका विषयमा स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको हो ।

आयोगले बुधबार वडा नम्वर १ देखि १६ सम्मका वडाध्यक्ष तथा सचिवहरुलाई प्रशिक्षण दिएको छ । दोस्रो चरणमा बाँकी ३२ नम्वरसम्मका वडाध्यक्षलाई प्रशिक्षण दिने कार्यक्रम रहेको आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।

भूमिहिन, सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जनप्रतिनिधि एवं कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।

हेर्दा सामान्य देखिए पनि निकै जटिल समस्या रहेकाले स्थानीय प्रतिनिधिले गम्भिरताका साथ समस्या समाधानमा ध्यान दिन पर्नेमा उनको जोड थियो । पाउनु पर्नेलाई नछुटाई जग्गा उपलब्ध गराउने काममा जनप्रतिनिधि सक्रिय भएर लागिदिन पर्ने उनले बताए ।

प्रशिक्षण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानगरका हरेक वडामा वडास्तरीय समिति गठन भइसकेको भन्दै आयोगको निर्देशन बमोजिम जनप्रतिनिधिले आवश्यक प्रकृया अघि बढाउने बताउनुभयो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको सभापतित्वमा सुरु भएको अभिमुखिकरण प्रशिक्षण कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, आयोगका सदस्य सुरेन्द्र सिंह, हिमाल चन्द्र गौतम, हेम कुमारी भट्टराई, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ माघ १८,बुधबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ माघ १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद