वीरगञ्ज,१८ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ प्रिपा स्थित सडकको नामाकरण अनावरण समारोह स्थगीत गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाले पिप्रा स्थित नवनिर्मित लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरणका लागि बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गराउने तय गरेको थियो । तर बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर , पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । माघ १९ गते बिहीबार वीरगनञ्ज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको सडक नामाकरण अनावरण कार्यक्रम हाललाई स्थगीत गरिएको सुचनामा जनाइएको छ ।
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूत जस्तो व्याक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हालका लागि उक्त कार्यक्रम स्थगीत मात्र गरिएको बताए । उनले यस बारेमा सरोकारवालासंग परामर्श गरेर उक्त कार्यक्रम आयोजना गरिने पनि बताए ।