वीरगञ्ज, १७ माघ । मधेश प्रदेशका प्रदेश सभा सदस्य जितेन्द्र सोनलले डिप बोरिङ्को उद्घाटन गरेको छन् । बाराको प्रसौनी गाउँपालिकाको प्रस्टोकामा कृषि कार्यका लागि जडित डिप बोरिङ्को लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका सोनलले मंगलवार उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मधेश प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सोनलले डीप बोरिङ्ले कृषकलाई राहत मिल्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रसौनी गाउँपालिकाका निवर्तमान अध्यक्ष भोला गुप्ता, निवर्तमान उपाध्यक्ष गीता देवी साह, निवर्तमान वडाअध्यक्ष सनैत साह, सुरेश साह, आनन्द गुप्ता, रमेश साह, प्रमोद साह लगायतको उपस्थिती रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस