Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जथाभावी फोहोर फाल्ने ४० भन्दा बढी संघसंस्था र व्यक्ति कारबाहीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १६,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१६ माघ । वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिबाना गर्ने अभियान चलाएको एक महिनामा ४० भन्दा बढी संघसस्ंथा तथा व्यक्तिहरु कारबाहीमा परेका छन् ।

गएको पुष १७ गतेदेखि सुरु भएको अभियानको एक महिनामा ९ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न व्यवसायीक पसल र व्यक्तिहरु जरिबानामा परेका हुन् ।

अभियानको पहिलो दिनमै एनसीसी बैंक कारबाहीमा परेको थियो । सडकमा असरल्ल हुने गरी फोहोर फालेको भेटिएपछि बैंकलाई जरिबाना तिराईएको हो ।

सडक तथा सडक पेटीमा जथाभावी फोहोर नफाल्न पटक पटक सचेत गराउँदा पनि अटेर गरेपछि महानगरले जरिबाना गर्ने अभियानलाई कडाईका साथ अघि बढाएको हो । महानगरले फोहोर संकलन गर्न आउने समयमा मात्रै ट्याक्टर तथा संकलन गर्न आउनेलाई फोहोर उपलब्ध गराउन आग्रह गर्दै आएको छ ।

फोहोर उठाएर गइसकेपछि पनि पुनः सडकमा ल्याएर फोहोर फाल्ने क्रम नरोकिँदा जरिबाना गर्न बाध्य भएको महानगरका सरसफाई प्रमुख सर्फुद्दिन मियाँले बताए ।

फोहोर संकलन गर्न अहिले महानगरमा साइरन जडित ट्याक्टर हरेक गल्लीगल्लीमा पुग्ने गरेको छ । त्यसका लागि महानगरले कहाँ कुन समयमा फोहोर संकलन गर्न ट्याक्टर तथा संकलनकर्ता पुग्छन् भन्ने तालिका नै बनाएर सार्वजनिक गरेको छ ।

एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थातर्फ एनसीसी सहित गगन बचत तथा ऋण सहकारी संस्था, कृषि विकास बैंक, शिखर इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, हाम्रो सहारा बचत तथा ऋण सहकारी संस्थालाई जरिबाना गरिएको छ ।

यस्तै पसल तथा व्यक्तिलाई पनि कारबाही गरिएको छ । बैंक तथा वित्तीय संस्था र पसल तथा व्यवसायीले नै सडक तथा सडक पेटीमा जथाभावी फोहोर फाल्दा वीरगञ्जको सरसफाईमा चुनौति थपिएको छ ।

महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

अहिले नगर हरियाली र सफा बनाई राख्न सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने कामका साथसाथै वृक्षारोपण गर्ने काम चलिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ माघ १६,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ माघ १६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद