वीरगञ्ज ,१६ माघ । पर्सा जिल्लाको वीरगंज महानगरालिका वडा नं १६ नगवा घुसुकपूर स्थित एक दिने च्याउ खेती तालिम सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो।
तालिममा २० जना महिला सहित ३ जना पुरुषको सहभागीता रहेको थियो ।
चुलो चौकोमा मात्र व्यस्त हुने महिलाहरुलाई आफ्नो जीवन यापन गर्नको लागि सजिलो होस भन्ने हेतुका साथ तालिम संचालन गरिएकोे वीरगंज महानगरपालिका कृषि तथा पशुपन्छी प्रवर्दन शाखाकी प्रमुख उर्मिला श्रेष्ठले बताउनुभयो।
एक दिन सम्म संचालन भएको तालिममा च्याउ खेती कसरि उत्पादन गर्ने ,को कस्लाई खाना मिल्छ ,च्याउ खेतिका फाइदा र बेफाइदा ,आर्थिक अबस्था कमजोर भएकाले पनि घरमै बसेर कसरी बनाउने लगायतका विषयमा प्रशिक्षण दिइएको तालिमका प्रमुख श्रेष्ठले बताईन ।
प्रमुख अथितिमा वीरगंज महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष पशुराम चौरसिया , वडा सदस्य , लगायतको सहभागिता रहेको थियो।