Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेण्टर नेपालको १९ औं स्थापना दिवसमा दुई महिला सहित ५५ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १५,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१५ माघ । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा वीरगञ्जमा आयोजित रक्तदानमा दुई महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साको आयोजनामा भएको रक्तदानमा एकै परिवारका तीनजना पनि रक्तदान गरेका छन् ।


दुईजना महिला सहित ५५ जनाले रक्तदान गरेको छ । रक्तदान गर्नेहरूमा उषा उप्रेती, संतोष पौडेल, उज्जवल पौडेल, सरिता देवी घिमिरे, नीरज पिठाकोटे मगर, ईश्वर राना मगर, दिलिपराज कार्की, महेश सिंह धामी, सब्दर हुसैन, आनन्द कुमार साह, आनन्द अधिकारी, अमिताभबच्चन दास, प्रवीण यादव, विकेस पटेल, अशोक संगौला, अर्जुन गुप्ता, अनिल साह लगायत ५५ जना रहेका छन् ।
संतोष पौडेल, उषा उप्रेती र उज्जवल पौडेल श्रीमान श्रीमती र छोरो गरी एकै परिवारका हुन् । सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सेण्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, रेडक्रस सासाईटी पर्साकी उपसभापति मधु राणा र ब्लड डोनर्स एशोसोसिएसन पर्साका सचिव अरविन्द सिंहले रक्तदाताहरूलाई ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।


कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट, नेकपा माओवादी केन्द्रका नेताहरु कमल बहादुर पिठाकोटे मगर, सरिफ गद्दी, वाईसियलका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज गौरव संतोष पटेल,
पर्सा अध्यक्ष दिपेन्द्र सिंह पटेल, विद्यार्थी नेता विवेक साह, कालिकामाई गाउँपालिका सचिव इशक कुमार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सेण्टरका जिल्ला सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ माघ १५,आईतवार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ १५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद