Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पकाहामैनपुर गा.पा.का ५ वटै वडा अध्यक्षहरुले गरे प्रमुख प्रशासकिय अधिकृत कुशवाहाको बहिष्कार

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १५,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, माघ १५ । पकाहामैनपुर गाँउपालिकाको प्रमुख प्रशासकिय अधिृकतको रुपमा हाजिर हुन आएका राज कुशवाहालाई वडा अध्यक्षहरुले बहिष्कार गरेका छन । आईतबार बिहान कार्यालय हाजिर हुन आएका प्रमुख प्रसासकिय अधिकृत कुशवाहालाई पालिकाको ५ वटै वडाका वडा अध्यक्षहरुले बहिष्कार गरेका हुन । “कुशवाहा बिवादित मान्छे हुन , बिगतमा पनि उनको कार्यकाल सफल नरहेकोले बाहिष्कार गरेको वडा नम्बर १ का वडा अध्यक्ष बिनोद मेहताले जानकारी दिए” । कुशवाहा यस अघि प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेको पर्साको बिन्दवासिनी गाँउपालिका,जगरनाथपुर गाँउपालिका लगायतका ठाँउमा बिवाद गरेकोले बहिष्कार गरेका वडा नम्बर ४ का वडा अध्यक्ष ढेडी यादवले बताए । कुशवाहाले बिगतमा गरेका काम कारवाहीले हरेका पालिकाका पिडित बनेको, दर्जन भन्दा बढि अख्तिायरमा मुद्दा बिचाराधिन रहेकोले पनि यस्ता प्रमुख प्रसासकिय अधिकृतको बहिष्कार गरेको यादवले बताए । पालिकालाई भ्रष्टाचारको आखडा बनाउन खोज्ने केहि अमुक व्यक्तिले कुशवाहालाई हाजिर गराएकोले त्यो स्वार्थ पुरा हुन नदिने चेतावनी समेत दिए । यादवले पालिकामा काम गर्ने अधिकृतको आवश्यकता रहेकोले शासन गर्ने अधिकृतको बहिष्कार गरेका अध्यक्ष यादवले बताए । वडा नम्बर १ का बिनोद मेहता, २ का मुकुट चौहान, ३ का संजय चौहान, ४ का ढेडी यादव र ५ का बलिराम यादवले बहिष्कार गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ माघ १५,आईतवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ माघ १५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद