वीरगंज, माघ १५ । पकाहामैनपुर गाँउपालिकाको प्रमुख प्रशासकिय अधिृकतको रुपमा हाजिर हुन आएका राज कुशवाहालाई वडा अध्यक्षहरुले बहिष्कार गरेका छन । आईतबार बिहान कार्यालय हाजिर हुन आएका प्रमुख प्रसासकिय अधिकृत कुशवाहालाई पालिकाको ५ वटै वडाका वडा अध्यक्षहरुले बहिष्कार गरेका हुन । “कुशवाहा बिवादित मान्छे हुन , बिगतमा पनि उनको कार्यकाल सफल नरहेकोले बाहिष्कार गरेको वडा नम्बर १ का वडा अध्यक्ष बिनोद मेहताले जानकारी दिए” । कुशवाहा यस अघि प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेको पर्साको बिन्दवासिनी गाँउपालिका,जगरनाथपुर गाँउपालिका लगायतका ठाँउमा बिवाद गरेकोले बहिष्कार गरेका वडा नम्बर ४ का वडा अध्यक्ष ढेडी यादवले बताए । कुशवाहाले बिगतमा गरेका काम कारवाहीले हरेका पालिकाका पिडित बनेको, दर्जन भन्दा बढि अख्तिायरमा मुद्दा बिचाराधिन रहेकोले पनि यस्ता प्रमुख प्रसासकिय अधिकृतको बहिष्कार गरेको यादवले बताए । पालिकालाई भ्रष्टाचारको आखडा बनाउन खोज्ने केहि अमुक व्यक्तिले कुशवाहालाई हाजिर गराएकोले त्यो स्वार्थ पुरा हुन नदिने चेतावनी समेत दिए । यादवले पालिकामा काम गर्ने अधिकृतको आवश्यकता रहेकोले शासन गर्ने अधिकृतको बहिष्कार गरेका अध्यक्ष यादवले बताए । वडा नम्बर १ का बिनोद मेहता, २ का मुकुट चौहान, ३ का संजय चौहान, ४ का ढेडी यादव र ५ का बलिराम यादवले बहिष्कार गरेका थिए ।
© 2024