Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा लागु औषध गाँजा सहित १ जना भारतीय नागरिक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १०,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १० माघ । पर्साको ग्रामिण क्षेत्रबाट लागु औषध गाँजा मोटरसाइकलमा राखेर भारत तर्फ लैजादै गरेको अवस्थामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पर्साको कालिकामाई गाउँपालिका वडा नंं १ मुडली स्थित सडकखण्डमा सवारी साधन चेकजाँचको क्रममा भारत विहार गोपालगञ्ज थाना जगरी टोला बस्ने बर्ष ५५ को शम्भु सहनीलाई अवैध लागु औषध गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यायल पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।

भारतीय नागरिक सहनीले प्रयोग गरेको विआर २८ के ४९१९ नम्वरको हिरोहोण्डा मोटरसाइकलको सिटमुनी फल्सबटम बनाई कालो व्याग भित्र हरियो प्लाष्टिकले बेरीराखेको अवस्थामा ७ केजी लागु औषध गाँजा फेला परेको इलका प्रहरी कार्यायल पोखरियाका प्रहरी निरिक्षक आयुश प्रसाद जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार अवैध लागु औषध गाँजा सहित भारतीय नम्बरको मोटरसाइकल र शम्भु सहनीलाई नियन्त्रणमा लिई मंगलबार जिल्ला अदालत पर्साबाट अनुसन्धानको लागि ४ दिनको भ्याद लिइएको छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ १०,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद