Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेण्टर नेपाल पर्सा जिल्ला समन्वय समितिको बैठक सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १० माघ । प्रेस सेण्टर नेपाल पर्सा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । आज होटल कुमु प्यालेसमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले प्रेस सेण्टरका उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगरपालिका सदस्य अनिल शाहीको विमान दुर्घटनमा परी निधन भएको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

माघ १३ गते नेपाल पत्रकार महासंघको सभाकक्षमा प्रेस सेण्टर पर्सा जिल्ला समन्वय समितिले श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको सेण्टरका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । त्यस्तै बैठकले माघ १५ गते संगठनको स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ ।

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताउनुभयो । त्यस्तै यहि माघ १४ देखि १६ गतेसम्म वीरगन्जमा हुने भनिएको संगठनको राष्ट्रिय भेला फागुन १४ देखि १६ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।

माघ १ गते संगठनका उपाध्यक्ष त्रिभुवन पौडेल र सदस्य अनिल शाहीको विमान दुर्घटनामा परेर निधन भएपछि माघ १४, १५ र १६ गते वीरगन्जमा आयोजना हुने पूर्व निर्धारित राष्ट्रिय भेला स्थगित गरिएको थियो । उक्त भेला एक महिनापछि फागुन १४, १५ र १६ गते गर्न केन्द्रलाई प्रस्ताव गर्ने सेण्टरको आजको बैठकले गरेको हो ।

अध्यक्ष दीप गौतमको अध्यक्षतमा बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सचिव एवं राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख राजु विश्वकर्मा, केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश सचिव मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव, सञ्जीप गुप्ता, जिल्ला उपाध्यक्ष कृष्णमोहन साह, सदस्य प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो
मुख्य समाचार

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो

प्रकाशित : २०७९ माघ १०,मंगलवार
बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन
मुख्य समाचार

बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन

प्रकाशित : २०७९ माघ १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद