Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि पानी प्रशोधन केन्द्र बनाउन उद्योगी तयार  

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०९ माघ । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि ७ दिनभित्र पानी प्रशोधन केन्द्र स्थापना गर्न वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु तयार भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको पहलमा बसेको उद्योगीहरुको बैठकले अबको सात दिनभित्र उद्योगहरुमा अनिवार्य प्रशोधन केन्द्र स्थापना गर्न तयार भएका हुन् ।

वीरगञ्ज महानगरपालिकाले नदी प्रदुषणको मुख्य कारक उद्योगहरु रहेको निष्कर्ष निकाल्दै उद्योगबाट निस्कने फोहोर पानी नियन्त्रण गर्न ताकेता गरेपछि उद्योग वाणिज्यसंघले उद्योगीहरुलाई तत्काल प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको हो ।

गएको शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा बसेको यस क्षेत्रका उद्योगीहरुको भेलाले उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा विसर्जन गर्ने, प्लान्ट नभएका उद्योगले सात दिनभित्र प्लान्ट निर्माण गर्ने र दैनिक १६ घण्टा बोरिङ चलाएर स्वच्छ पानी नदीमा विसर्जन गर्ने निर्णय गरेको छ ।

सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्ने जिम्मेवारी आफूहरुको पनि रहेकाले अब हरेक उद्योगले फोहोर पानी सोझै नदीमा फाल्न बन्द गर्न प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

बारा पर्साका उद्योगीहरुको सहभागिता रहेको बैठकमा उद्योगीहरुकै सहमतिमा यस्तो निर्णय भएको पनि उनले जानकारी दिए ।

बैठकमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, शिवशक्ति प्याकेजिङ, भास्कर हर्बल, एभरेस्ट लेदर, नेपाल लेदरसहित यस क्षेत्रबाट संचालित उद्योगका संचालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वीरगञ्ज महानगरपालिकाको अगुवाईमा सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन भएर अहिले नदीको स्थलगत अनुगमनको काम अघि बढीरहेको छ ।

नदी प्रदुषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा गठित समितिमा जितपुर सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासनका पदाधिकारी सदस्य रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ ९,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद