Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशद्वारा ‘फेरी भेटौंला’ कार्यक्रमको आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ९ माघ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पर्सामा आफ्नो कार्यकालमा असुरक्षाको महशुस हुन नदिएको दावी गर्नुभएको छ । सरुवा भएर पर्सामा आउँदा सुरक्षा चुनौती पो छ कि भन्ने चिन्ता लागेपनि त्यसको उचित व्यवस्थापन गर्न सकेकोले सुरक्षा व्यावस्था चुस्त राख्न सकिएको बताउनुभयो ।
उहाँको गृह मंत्रालय, काठमाण्डौमा सरुवा भएको छ । प्रजिअ ढकालको सम्मानमा नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेश समितिले वीरगञ्जमा आयोजना गरेको ‘फेरि भेटौंला’ कार्यक्रममा बोल्दै उहाँले संघीयताको अभ्यासले केही अधिकार कटौती भएर कार्य सम्पादनमा समस्या देखिएको समेत बताउनुभयो ।
‘वीरगञ्जमा व्यवसायिक वातावरण बनाउनुपर्छ भन्ने लागेको थियो । त्यहि अनुसार सुरक्षा व्यवस्थापनका लागि समन्वय गरेको थिँए । सफल नै रह्यो ।’ उहाँले भन्नुभयो । पर्सामा आउने प्रमुख जिल्ला अधिकारीको सीमावर्ती समकक्षीहरूसँगको समन्वय र व्यवहार सदभावपूर्ण हुनुपर्ने उहाँको भनाई छ ।
सुशासनको क्षेत्रमा धेरै काम गरेपनि अझै सुधार गर्नुपर्ने पक्ष बाँकी रहेको उहाँको तर्क छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले वीरगञ्जका उद्योगी व्यवसायीलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
उद्योगी व्यवसायीको व्यक्तिगत र व्यवसायिक सुरक्षाका लागि नेपाल प्रहरी जिम्मेवार रहेको उहाँको भनाई छ । कार्यक्रममा उद्योगी व्यवसायीहरुले पर्साले १६ महिनासम्म प्रशासक मात्रै नभई कुशल अभिभावक पाएको भन्दै प्रशंसा गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समिति अध्यक्ष गणेश लाठले गृह मन्त्रालयमा वीरगञ्जको शिष्टाचार महापालको भूमिकामा जस्तै काम गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु अशोक टेमानी, अशोक वैद, प्रदीप केडिया लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण अनुप अग्रवालले गर्नुभएको थियो भने, धन्यवाद ज्ञापन सञ्जय अग्रवालले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ माघ ९,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद