वीरगंज,०६ माघ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज स्थित ठाकुर राम बहुमुखी क्यापसमा सम्पन्न कार्यक्रममा तिन महिला सहित ३३ जनाले रक्तदान गरेक छन । रक्तदान गर्नेहरुमा प्रियंका रोय,मनि गुप्ता, सिवानी साह, शिवजि गुप्ता, अभिषेक चौहान लगायतकाले रक्तदान गरेको खेलकुद महासंघका वीरगंज महानगर अध्यक्ष श्याम रौनियारले जानकारी दिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य अरबिन्द सिंहको प्रमुख आतिथ्य एवं अनेरास्वबियुका वीरगंज नगर अध्यक्ष आशिफ अहमदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेकपा एमालेका नेताहरु मानदेव हजरा, शिवजी गुप्ता,अकलेश साह,शिक्षक सुशिल भट्टराई,जिल्ला खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साह, सचिव संदिप बस्नेत लगायतको सहभागिता थियो ।