Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता सुरु, मेयर सिंहले गरे बलिङ 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ५,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ माघ –निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साको आयोजनामा बिहीबारबाट सातौँ संस्करणको प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु भएको छ ।

आदर्शनगर रंगशालामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सिंहले वीरगञ्जको पहिचान उच्च बनाउने गरी खेलाडीहरुको उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभयो ।

उहाँले खेलाडीहरुको प्रतिभालाई उजागर गराउन खेलकुद प्रतियोगिताहरुको आयोजनालाई बृद्धि गर्नु पर्ने बताउँदै त्यसका लागि महानगरले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा पनि गर्नुभयो ।

यस्तै मधेस विश्व विद्यालयका उपकुलपति डा.दिपक शाक्यले शैक्षिक पाठ्यक्रमका साथै अतिरिक्त कृयाकलापलाई पनि सँगै अघि बढाउँदा विद्यार्थीको सर्वाङ्गिण विकाशमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले खेलकुद तथा अन्य अतिरिक्त कृयाकलाप सिकाईकै माध्यम रहेको बताउँदा यसलाई निरन्तरता दिन विद्यालयहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले खेलाडीले खेलबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था बनाउनु पर्नेमा जोड दिनुभयो ।

कुनै विद्यालय सहभागि हुने कुनै नहुने भन्दा पनि खेलमा सबै विद्यालयलाई सहभागिता जनाउन सक्ने गरी आवश्यक सेवा सुविधा उपलब्ध गराउने वातावरण बनाउन सरोकारवालाहरुलाई उहाँले आग्रह गर्नुभयो । त्यसका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ सँधै तयार रहेको पनि अध्यक्ष गुप्ताले बताउनुभयो ।

प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका प्रमुख उमेश चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, हरिदेब खरेल लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागि विद्यालयहरुले मार्च पास गरेका थिए । मार्चपासमा मस्कट एकेडेमी प्रथम हुन सफल भएको छ । सेन्ट जेभियर्स दोस्रो र एमइएस एकेडेमी तृतीय स्थान हात पारेको छ ।

१४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बलिङ र उपप्रमुख इम्तियाज आलमले ब्याटिङग गरेर खेल सुरु गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेल मनकामना मा.वि. र चिल्ड्रेन वल्र्डबीच भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ ५,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद