Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेसी शहिदका शालिकमा फुल चढाएर श्रद्धाञ्जली अर्पण :- बलिदानी दिवस 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ५,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०५ माघ । मधेस आन्दोलनका शहिदहरुकाे सम्झनामा  माघ ५ गते वीरगन्जमा पनि बलिदानी दिवस मनाइएको छ ।
मधेस आन्दोलनका प्रथम सहिद रमेश महत्ताे हुन् । पहिलाे मधेस आन्दोलनका क्रममा सिरहाकाे लहानमा २०६३ माघ ५ गते आजैका दिन महत्ताेले शहादत प्राप्त गरेका थिए । मधेसीकाे हक अधिकार प्राप्तिका लागि २०६३ देखि २०७२ सम्म पटक पटक भएका मधेस आन्दाेलनमा गरि १०७ जनाले शहादत प्राप्त गरेका छन् ।
तीनै शहिदहरुकाे सम्झनामा हरेक माघ ५ गते मधेसी दलले बलिदानी दिवस मनाउदै आएका छन् । बलिदानी दिवसमा मधेस प्रदेश सरकारले आज बिहीबार प्रदेशमा सार्वजनिक विदा समेत दिएकाे छ ।
वीरगन्जकाे घण्टाघर चाेक नजिकैकाे मधेसी सहिद पार्कमा बिहिबार जनता समाजवादी पार्टी (जसपा) पर्साका नेता कार्यकर्ताले शहिदका शालिकमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे । त्यस क्रममा उनिहरुले मधेस आन्दोलन र मधेसी शहिदहरुकै त्याग र बलिदानीका कारण मधेसीले पहिचान , संघीयता , समावेशीता लगायतका अधिकार पाउन सफल भएकाे बताए । अझै पनि मधेस आन्दोलनका केही मुद्दा सम्बाेधन हुन बाँकी नै रहेकाे भन्दै जसपाका नेताहरूले त्यसका लागि आफुहरुकाे संघर्ष जारी नै रहेकाे जिकिर गरे ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवकाे अध्यक्षता तथा प्रदेशसभा सदस्य प्रमाेद जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, केन्द्रिय परिषद सदस्य शिवजी सोनी,जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादव, सफ्रोज आलम, विद्यार्थी नेताहरु एजाजबाबु रान्की, हरेन्द्र साह, सागिर आलम, नैमोदिन आलम, फरिद आलम, आबिद समानी लगमयतकाे सहभागीता थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०७९ माघ ५,बिहीबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०७९ माघ ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद