जोतीलाल पंडित
वीरगञ्ज,०४ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज स्थित शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वा बाट खटिएको टोलीले चेकजाँच गर्दा एक जना भारतीयलाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेको सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमितरूपमा चेकजाँच गर्दा संकास्पद रूपमा रहेका एक जनालाई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको प्रतिबन्धित भारतीय एक लाख नोट फेला परेको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं .१ छपकैया का २१ वर्षीय जटाशंकर साह सोनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले बताउनुभयो ।
नोटसहित पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।