Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चण्डालचोकबाट ४० लाख मूल्यको सामान सहित ट्रक र ट्याक्टर बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०२ वीरगंज । भन्सार छली भित्र्याइएको ४० लाख बढीको सामान सहित प्रहरीले एउटा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

वीरगञ्जको वडा नम्वर २४ चण्डाल चोकमा विशेष सूचना पाएर खटेको प्रहरीको टोलीले दुबै सवारी साधनमा बिल बिजक भन्दा बढी सामान सहित बरामद गरेको हो ।

ट्रक र ट्याक्टरमा भन्सार छलेर सामान भित्र्याइरहेको भन्ने सूचना पाए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरको टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भर्खरै नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक कोमल शाहको निर्देशनमा खटेको मातहतको टोलीले करिब ४० लाख मूल्य बराबरका साइकल र किचनका सामान बरामद गरेको हो ।

चण्डाल चोकमा ना ३ ख ०८२३ नम्बरको कन्टेनर ट्रक र बीआर ०५ जीसी ०२१५ को भारतीय नम्बरको ट्याक्टरमा भन्सार छली गरेर ल्याइएका सामान भेटिएपछि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

सामान सहित बरामद भएको दुबै सवारी साधनलाई अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । दुबै सवारीसहित सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा मंगलबार बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ माघ २,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ माघ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद