Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा र बारामा विमान दुर्घटनामा मृत्यू भएका प्रति दिपप्रज्वलन गरी श्रद्धाञ्जली अर्पण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साबाट संचालीत गतिशील ओनलाईन न्यूज र वीरगञ्ज भिस्वा यूवा कल्बको संयूक्त आयोजनामा सोमबार यति एयर विमान दुर्घटनामा मृत्यू भएका प्रति दिपप्रज्वलन गरी श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पनन गरेको छ ।

वीरगञ्जको प्रमुख चोक घण्टार र वीरगञ्ज वडा(१५ भिस्वा स्थित त्रिशुल चोकमा सोमबार बेलुका दिपप्रज्वलन गरी श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
बिमान दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिको सम्झनामा क्लवमा आवद्ध तथा स्थानीयहरुको सहभागितामा दिप प्रज्वलन गरी एक मिनेट मौन धारण समेत गरिएको थियो ।

क्लवका अध्यक्ष प्रविन मनिपालले मृतकप्रति भावपुणर् श्रद्धाञ्जली अर्पण गर्दै विमान दुर्घटनाको स्वच्छ र निपक्ष जाँचगरी सार्वजनिक गर्न आग्रह गरेका थिए । त्यसैगरी विदेशमा रिटायर भएर आएका विमान उडउन रोक नलगाए अगामी दिनहरुमा कडा रुपमा प्रस्तुतहुने सरकारलाई चेताउनी समेत दिएका थिए ।
आयोजीत श्रद्धाञ्जली कार्यक्रका सहभागी गतिशील ओनलाईन न्यूजका संचालक अनिल साह, वाड नं १५ का वडा सद्स्य उदय कुशुवाहा, कल्बका मुकेश यादव, केशर दास लगायत स्थानिय यूवाहरुले मैन बत्ती बालेर शोक प्रकट गरेका थिए ।

यस्तै सानो दिप परिवारले माघ २ गते बेलुका ५ बजे दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो । दिप प्रज्वलन गर्ने कार्यक्रममा सानो दिप परिवारका अध्यक्ष कृष कुर्मी ,उपाध्यक्ष पुष्पा दास,सचिव अलोक सराफ, कोषध्याक्ष विवेक पटेल तथा स्थानीय हरुको सहभागी रहेको थियो ।
यस्तै बारामा सोमबार साँझ क्यान बाराको आयोजनामा कलैयाको भरतचौकमा क्यान बाराका पदाधिकारी तथा सदस्यहरुले दिप प्रज्वलित गरी मृतकप्रति श्रद्धाञ्जलि दिइयो।

क्यान बाराका अध्यक्ष संजय केशरीले सम्पूर्ण क्यानका सदस्यहरुको तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वाथ्य लाभको कामना गरे। दुर्घटनाको छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने माग गरे। यस्तो दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ । काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।
क्यानबारा द्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमा क्यान बाराका अध्यक्ष संजय केशरी, पुर्व अध्यक्ष गणेश ठाकुर, उपाध्यक्ष अरुण कुमार साह, सचिव बिनोद साह, सह सचिव सुरेश यादव सदस्य पवन कुमार कुश्वाहा, लक्षमण चौधरी, अनिल चौरसिया, राजन केशरी, सर्वेश यादव लगायत क्यान बाराका साधरण सद्स्यहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ माघ २,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ माघ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद