Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको ठोरी गाउँपालिका ३ को शिकारीबासमा वाइ फाई जडान सहित फ्री सेवा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

ठोरी गाउँपालिका वडा नम्बर ३ मा पर्ने ऎतिहासिक बस्ती शिकारीबासमा आजबाट वाइफाइ फ्री गरिएको छ।आज एक कार्यक्रमका बिच गाउँ पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले वाइफाइको स्वीच थिचेर उद्घाटन गरेका थिए।शिकारीबासका नागरिकहरु संचारको उपभोगबाट पछि परेको,फोन गर्न पनि ठुलो र अग्लो रुखमा चढेर टावर सर्च गरि आफन्तजनसँग टेलिफोन गर्नुपर्ने बाध्यता रही आएको हुँदा शिकारीबासका नागरिकले संचारको भरपुर उपभोग गर्न पाउन् भन्ने उद्देश्यले शिकारीबासमा वाइफाइ फ्री गरिएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए।आजबाट शिकारीबासमा पि डी एस् नामक कम्पनीको वाइफाइ जडान गरिएको र यसबाट शिकारीबासका झण्डै ६० घरधुरी लाभान्वित हुने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए।

शिकारीबास जस्तो पिछडिएको गाउँमा आज वाइफाइ जडान गरिएकोमा सारा गाउँका मानिसहरु र सबैका आफन्तहरुमा खुशीको सीमा नरहेको शिकारीबासका स्थानीय सन्दिप बस्नेतले बताए।फोन गर्न समेत गाउँदेखि निकै टाढा आएर कुराकानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै बसीबसी देशबिदेशमा रहेका आफन्तजनसँग कुराकानी गर्न पाउँदा शिकारीबासबासी नै खुशी रहेको पनि बस्नेतले बताए।

शिकारीबास ठोरीको ऎतिहासिक र पूरानो बस्ती हो।शिकारीबासका नागरिकले आजसम्म बिकासका पूर्वाधार मध्यको कुनै पनि अवसर र प्रयोग गर्न पाएका छैनन् ।कहिले जंगलीजनावर आतंक र कहिले दैविक प्रकोपको पीडा सहेर पनि यहाँका नागरिकहरु दैनिक जिजिविशाका लागि निरन्तररुपमा लागिपरेका छन्।संचारको उपभोग सँगै शिकारीबासका नागरिकले अन्य सुविधाहरु उपभोग गर्न पाइने स्थानीयहरुको आशा छ।

वाइफाइ उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष शम्भु खड्का लगायत स्थानीय भद्रभालाद्मीको समेत उपस्थिति रहेको थियो।
यसै बिच ठोरी गाउँपालिकाले आजबाट बोरिङ्गको कार्यको पनि थालनी गरेको छ।आज ठोरी १ को जानकीनगरमा बोरिङ्ग सफल भएको पनि गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए।ठोरीको पाँचवटै वडामा आवश्यकताका आधारमा बोरिङ्ग गाड्ने कार्य सुरु गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ माघ १,आईतवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ माघ १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद