बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीको शिव मन्दिरबाट आज कलश यात्रा निकालिएको छ । कलश यात्रा पर्सी सोमबार मन्दिरमा रहेको पुरानो शिवलिङग परिवर्तन गर्नका लागि निकालिएको हो ।
स्थानीय तथा पालिकाको आर्थिक सहयोगमा उक्त मन्दिरको शिवलिङगको पूनः स्थापना हुने जनाईएको छ । शिव मन्दिरबाट निकालिएको कलश यात्राले विभिन्न ठाउँ परिक्रमा गरेको थियो । कलश यात्र बारको त्रिवेणीमा पुगी जल कलशमा जल बोझी शिव मन्दिर पुगेका थिए । केहिवर्षदेखि उक्त मन्दिरमा पूजापाठ हुन छाडेकाले शिवलिङग खण्डित भएको छ ।
सोही खण्डित शिवलिङग लामो समयपछि स्थानीयहरुको सक्रियतामा पूनः स्थापना गर्न लागिएको स्थानीय पारस साहले जानकारी दिनुभयो । कलैया वीरगञ्ज सडकखण्ड अन्र्तगत रहेको शिव मन्दिरमा खण्डित शिवलिङगका कारण उक्त स्थान वरपर दैवीप्रकोपको खतरा बढेको स्थानीयको विश्वास छ ।
पुजारी र सो स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि सहयोग सकंलन गर्ने उद्देश्यले शिवलिङगको स्थापना गर्न लागिएको स्थानीयले बताएका छन् । ऐतिहासिक महत्व बोकेको स्थलहरुको संरक्षण गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
© 2024