Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्र सेविका नेपालको आयोजनामा ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण सम्पन्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २९ पुस । राष्ट्र सेविका नेपाल वीरगञ्जको आयोजनामा भएको ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण आज सम्पन्न भएको छ । प्रशिक्षणको समापन गर्नुहुँदै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले प्रशिक्षणमा सिकेका कुरा दैनिक जीवनमा प्रयोगमा ल्याउन आग्रह गर्नु भयो ।

महिला दिदी बहिनीलाई सक्षम बनाउन प्रशिक्षणले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै यस्तो प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

वीरगञ्जको पशुपति शिक्षा मन्दिरमा गएको २३ गतेदेखि सुरु भई ७ दिनसम्म चलेको शिविरमा पर्सा, बारासहित विभिन्न जिल्लाबाट ६४ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।

जसमा १३ वर्षकी किशोरी देखि ६७ वर्ष उमेरसम्मका महिलाले प्रशिक्षण लिएका छन् ।

प्रशिक्षार्थीहरुले परेड प्रदर्शन गर्नुका साथै योग तथा प्रणायाम अभ्यासहरु प्रस्तुत गरेका थिए ।

सहभागिहरुलाई आफ्नो सुरक्षाका साथै धार्मिक गतिबिधिका बारेमा प्रशिक्षण दिइएको वर्गाधिकारी शशिलता गिरीले जानकारी दिनुभयो ।

राष्ट्र सेविका नेपालकी राष्ट्रिय सञ्चालिका शुभद्रा पौडेलको सभापतित्वमा सम्पन्न समापन समारोहमा विश्व हिन्दु महासंघका महासचिव प्रह्लाद रेग्मी, उद्योगी अशोक वैद्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण रेखा वर्णवालले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ पुष २९,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ पुष २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद