Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा दुई भारतीय कामदारको निसास्सिएर मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २७,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा दुई भारतीय कामदारको निसास्सिएर मृत्यु

वीरगन्ज — पर्सामा निसास्सिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– २२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर– ७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक दिपक गिरीका अनुसार तगारीमा पत्थर कोइला बोलेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुबै जनाको अक्सिजनको कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनका अनुसार कोइला डिपोको रेखदेख गर्ने दुबै जना सोही डिपोको एकतले पक्की भवनको अल्मुनियमको झ्यालढोका भएको कोठाभित्र झ्यालढोका बन्द गरी मंगलबार राति सुतेका थिए ।

बुधबार बिहान १० बजेसम्म ढोका खोली कोही पनि बाहिर ननिस्किएपछि डिपोका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर भित्र प्रवेश गर्दा दुबै जनाको मृत्यु भइसकेको थियो । प्रहरीले नारायणी अस्पतालबाट चिकित्सक लिई घटनास्थलमा अनुसन्धान अधिकृतको टोली पुगी शव जाँच प्रकृति मुचुल्का उठाएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०७९ पुष २७,बुधबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०७९ पुष २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद