Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साहिब दरबारको न्यानो कपडा उपलब्ध गराउने अभियान निरन्तर, मंगलबार राति ५० जनालाई उपलब्ध गराइयो न्यानो कपडा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २७,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ पुष । साहिब दरबार सेवा संस्थानले वीरगञ्जमा खुला आकासमा रात विताउन बाध्य भएकाहरुका लागि न्यानो कपडा वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
कठ्याङ्ग्रिँदो चिसोमा पनि सडक पेटी र खुला आकाशमा रात विताउन बाध्य भएकाहरुलाई चिसोबाट बँच्न संस्थानले न्यानो कपडा वितरण अभियानलाई निरन्तरता दिएको हो ।
संस्थानले मंगलबार राति वीरगञ्जका विभिन्न स्थानमा पुगेर सडक पेटीमा रात विताइरहेकाहरुलाई न्यानो कपडा (कम्बल) उपलब्ध गराएको छ ।
वीरगञ्जको माइस्थान, घण्टाघर, आदर्शनगर, बसपार्क, छपकैया, विर्ता, गण्डक, भन्सार लगायतका स्थानमा खुला आकासमुनी र सडक पेटीमा सुतिरहेका करिब ५० जनालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।
चिसोकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले न्यानो कपडा उपलब्ध गराइएको संस्थानका अध्यक्ष उमेशलाल सहनीले बताए ।
विशेषगरेर रिक्सा, ठेला चालक तथा विपन्न व्यक्तिहरु सडक पेटीमै रात गुजार्न बाध्य छन् ।
रातको समयमा चिसो झनै बढ्ने भएकाले सडक पेटी र खुला स्थानमा रात बिताउन बाध्य ब्यक्तिहरुको जीवन रक्षाका लागि आफुहरुले न्यानो कपडा उपलब्ध गराउन थालेको संस्थानका रुपेशमान सिंहले बताए ।
शुक्रबारदेखि संस्थानले न्यानो कपडा उपलब्ध गराउने अभियान चलाएको र मंगलबार तेस्रो दिन ५० जनालाई उपलब्ध गराइएको संस्थानका महासचिव जयप्रकाश महतोले जानकारी दिए ।
मंगलबार राति न्यानो कपडा वितरण गर्न संस्थानका अध्यक्ष सहनी, समाजसेवी रुपेशमान सिंह, अफरोज आलम, हफिज मियाँ लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष २७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद