वाईसीएल नेपाल बाराले जिल्ला प्रशासन कार्यलय बारालाई विभिन्न समस्याहरु बिकराल रुप लिदै गएको भन्दै ज्ञापन दिएका छन् ।
पछिल्लो समय सरकारबाट दिएको सेवा सुविधा दुउपयोग भएको मन्दै वाईसीएल नेपाल बाराले जिल्ला प्रशासन कार्यलय बारालाई ज्ञापन पत्र ध्यानाकर्षण गराइएको छ ।
नेपाल सरकारको सम्पतीको रुपमा स्थानिय तहहरुलाई प्रदान गरिएको सवारी साधनहरुको सार्वजनिक बिदाहरुको दिनमा हुने प्रयोगमा प्रतिबन्ध लगाउने वातावरणको सृजनाको गर्न जिल्ला प्रशासन कार्यलय बारालाई ज्ञापन पत्र मार्फ ध्यानाकर्षण गराइएको कलैया उप–महानगर पालिकाको वाईसीएल इन्चार्ज रोसन रौनियारले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा सवारी साधनहरुको निजीकार्यमा हुने प्रयोगमा प्रतिबन्ध लगाउन तथा कृषकहरुलाई प्रदान गरिने विउ तथा मलखाद्दहरुको वितरणमा स्थानिय तहहरुबाट निष्पक्ष रुपमा हुनु पर्ने र आवश्यक अवलोकन ,कार्यवाहीको लागी ध्यानाकर्षण गराइएको छ । ज्ञापन पत्र वाईसीएल नेपाल बाराका इन्चार्ज जिल्ला अध्यक्ष शुभ नारायण पटेल, उपाध्यक्षःजहांगीर हुसैन लगायत अन्य पार्टीका नेताहरुको उपस्थिति रहेको थियो।
© 2024