Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन निरन्तर 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २६,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२६ पुष । सिर्सिया नदी प्रदुषणमा जिम्मेवार रहेका उद्योगलाई कारबाहीको दायरामा ल्याउन वीरगञ्ज महानगरपालिकाले सुरु गरेको उद्योगको अनुगमन जारी छ ।

मंगलबार नदी क्षेत्रमा रहेका तीन वटा उद्योगको स्थलगत अनुगमन गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्वर २२ मा रहेको ग्लोबल लेदर प्रा.लि., वडा नम्वर ३२ को अन्नपूर्ण स्टिल उद्योग र सोही ठाउँको फर्चुन स्टिल इम्पेक्सको टोलीले अनुगमन गरेको हो ।

मंगलबार अनुगमन भएका तीन वटा उद्योगमध्ये ग्लोबल लेदर नदी प्रदुषण गराउन जिम्मेवार रहेको पाइएको छ ।

यो उद्योगले पानी प्रशोधन नै नगरी केमिकल युक्त दुर्गन्धित पानीसहितको फोहोर सोझै नदीमा मिसाउने गरेको भेटिएको छ ।

उद्योग स्थापना गर्दा नै पानी प्रशोधन केन्द्र निर्माण गर्नु पर्ने भए पनि उद्योगले अटेर गर्दै प्रशोधन केन्द्र नै नबनाई दुर्गन्धित पानी सोझै नदीमा मिसाइरहेको भेटिएको अनुगमनमा गएका वीरगञ्ज महानगरका वातावरण निरीक्षक प्रदिप साहले जानकारी दिए ।

अनुगमन टोलीले उद्योगलाई तत्काल प्रशोधन केन्द्र बनाउन र फोहोर पानी नदीमा नफाल्न चेतावनी दिएको छ ।

यस्तै आजै अनुगमन भएका दुबै स्टिल उद्योगले भने फोहोर पानी नदीमा नफालेको भेटिएको पनि वातावरण निरीक्षक साह बताउँछन् ।

गएको कात्तिक २३ गते वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा स्थानीय प्रशासन, उद्योगी तथा सुरक्षाकर्मी सम्मिलित सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन भएर समितिले हरेक साताको मंगलबार नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको आइतबार मात्रै बसेको संयुक्त बैठकले तीन साताको अनुगमनका क्रममा सिर्सिया नदी प्रदुषणमा जिम्मेवार रहेका तीन वटा उद्योगलाई कारबाहीस्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।

मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचनका बेला जनतासमक्ष गरेको बाचा बमोजिम सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि समिति नै बनाएर अभियान चलाएका हुन् ।

मंगलबार अनुगमनमा वीरगञ्ज महानगरपालिका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, महानगर प्रहरी प्रमुख हरि भुषाल लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष २६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद