Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरी द्वारा एकजना मोटरसाइकल चोर पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ,२३ पुस । पर्सा प्रहरीले एकजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १२ स्थित सडकखण्डबाट मोटरसाइकल चोर्दाचोर्दैको अवस्थामा एकजना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ७ निवासी २० वर्षीय भुवन चौधरी रहेका छन् । निजले पार्किङ्ग गरि राखेको बुलेट मोटरसाइकलको लक तोडी डो¥याएर लैजाँदै गरेको अवस्थामा स्थानीय एवं सवारीधनीले होहल्ला गरेपछि प्रहरीले मोटरसाइकल सहित चोरलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले चोरीको मोटरसाइकल सहित चौधरीलाई पक्राउ गरेको हो । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने ३६ वर्षीय अजय कुमार यादवको नाममा दर्ता रहेको प्र.२–०३–०१२ प २६३८ नम्बरको खैरो रंगको ३ सय ५० सिसीको बुलेट मोटरसाइकल चोर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रनाउ परीक्षक गिरीले जानकारी दिए ।

मोटरसाइकल चोर चौधरी विरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ पुष २३,शनिबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ पुष २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद