Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवालाई न्यानो कम्बल वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २३,शनिबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२३ पुष । जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवालाई न्यानो कम्बल वितरण गरिएको छ । केही दिन यता बढ्दै गएको शितलहर तथा चिसोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवाको लागि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रमार्फत २० थान कम्बल उपलब्ध गराइएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको पहलमा समाजसेवी मुरलीधर रुंगटाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल बिक्रम शाहलाई हस्तान्तरण गरेका हुन् ।

समाजसेवी मुरलीधर रुंगटा, व्यवसायी शिव रुंगटा, आकाश रुंगटा लगायतले प्रहरी उपरीक्षक शाहसँगै प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीलाई २० थान कम्बल हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा २० थानसँगै विभिन्न स्थानमा पुगेर १ सय थान कम्बल वितरण गरिएको केन्द्रका अध्यक्ष खेतानले जानकारी दिए । खेतानका अनुसार बढ्दै गएको चिसोबाट प्रभावित भएका अशक्त, अति विपन्न एवम् सडक आश्रीतहरुलाई १ सय थान कम्बल वितरण गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष २३,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद