Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज सडक पेटीमा रात विताउन बाध्य विपन्नहरुलाई साहिब दरबारले उपलब्ध गरायो न्यानो कपडा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२३ पुष – कठ्याङ्ग्रिँदो चिसोबाट बच्न साहिब दरबार सेवा सस्थानले वीरगञ्ज सडक पेटीमा रात विताउन बाध्य विपन्नहरुलाई न्यानो कपडा उपलब्ध गराएको छ ।संस्थानले सडक पेटीमा रात गुजार्न बाध्य भएकाहरुलाई शुक्रबार राति सुतिरहेकै ठाउमा पुगेर कम्बल उपलब्ध गराएको हो ।

वीरगञ्जको माइस्थान, घण्टाघर, आदर्शनगर, बसपार्क, छपकैया, विर्ता लगायतका स्थानमा खुला आकासमुनी र सडक पेटीमा सुतिरहेका करिब ३० जनालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।

बढ्दो शीतलहरीका कारण कठ्याग्रिदो चिसो बढेकाले चिसोकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले न्यानो कपडा उपलब्ध गराइएको संस्थानका अध्यक्ष उमेशलाल सहनीले बताए ।

विशेषगरेर रिक्सा, ठेला चालक तथा विपन्न व्यक्तिहरु सडक पेटीमै रात गुजार्न बाध्य छन् । रातको समयमा चिसो झनै बढ्ने भएकाले सडक पेटी र खुला स्थानमा रात बिताउन बाध्य ब्यक्तिहरुको जीवन रक्षाका लागि आफुहरुले न्यानो कपडा उपलब्ध गराउन थालेको संस्थानका रुपेशमान सिंहले बताए ।

शुक्रबार पहिलो दिन खुला ठाउँमा रात बिताउन बाध्य ३० जनालाई न्यानो कपडा उपलब्ध गराइएको र आउँदा दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए ।जाडोबाट बच्न वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था नै गरेको छ ।

केही दिनदेखि घाम नलाग्दा यहाँको तापक्रम दिनहुँ घट्दै गएको छ । आज वीरगंजको तापक्रम ७ डिग्रीमा सेल्सियसमा झरेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष २३,शनिबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ पुष २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद