Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीले औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २२,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,२२ पुष । पर्सा प्रहरीले औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विहिवार विहान वीरगंज महानगरपालिका वडा नं. २ स्थित श्रीराम हल पछाडी खाली चौरबाट औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद गरेको हो ।

प्रहरी टोलीले वीमनपा वडा नं.२ श्रीराम हल पछाडी खाली चौरबाट औषधी लोड रहेको ना ६ ख ७२६ नम्बरको मालवाहक ट्रकबाट अवैध घरेलु मदिरा ३९ पोकामा रहेको ३९० लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उक्त ट्रकमा त्रिभुवन विमानस्थल काठमाण्डौबाट पैठारी प्रज्ञापनपत्र अनुसार रू.१ करोड १४ लाख ४९ हजार ७ सय २५ बराबरको विभिन्न औषधीहरू लोड रहेको अवस्थामा प्रहरी टोलीले रोकेर सोधपुछ गर्दा वी.म.न.पा. वडा नं. ३० प्रसौतीपुर बस्ने २८ वर्षीय सदाम हुसेनले चलाई ल्याएको कन्टेनर ट्रक र सो मा लोड रहेको अं.३९० लिटर घरेलु मदिरा तथा बिभिन्न किसिमका औषधीहरू नियन्त्रणमा लिईएको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनु भयो ।

उक्त ट्रकमा लोड रहेको मदिरा, औषधी र गाडीको अं.मू.रू.२० लाख गरी रू.१ करोड ३४ लाख ४९ हजार ७ सय २५ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष २२,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद